सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण

Byपहिलो सुचना

२०८१ भाद्र २४, सोमबार १०:०७ २०८१ भाद्र २४, सोमबार १०:०७ २०८१ भाद्र २४, सोमबार १०:०७
Airport

भदौ २४, काठमाडौं । त्रिभुवन विमानस्थलबाट आज बिहान सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण भएको छ ।

श्री एयरलाइनसको एसएचए १२१ विमान सुर्खेतका लागि उडेको थियो । तत्काल प्राविधिक समस्याको पहिचान भएपछि चालक दलले बिहान ८ बजे त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण गराएका हुन् । अवतरणका क्रममा विमान केहीबेर धावनमार्गमै रोकिएको थियो । विमानमा ‘नोज ह्विल लक’को समस्या देखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।

यो श्रीको आजका लागि पहिलो उडान थियो । अहिले उडान अवतरण सामान्य भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook