एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु

Byपहिलो सुचना

२०८१ श्रावण २३, बुधबार १५:४८ २०८१ श्रावण २३, बुधबार १५:४८ २०८१ श्रावण २३, बुधबार १५:४८

साउन २३, काठमाडौं । नुवाकोटको शिवपुरी ७ सूर्य चौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । 

बुधबार दिउँसो १ः५४ मा काठमाडौंबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर (९ एन एजेडी) उडेको तीन मिनेटमै काठमाडौं टावसरसँग सम्पर्क विच्छेद भएको थियो ।

दुर्घटनास्थलमा जलेको अवस्थामा भेटिएको हेलिकप्टरबाट एक महिला र चार पुरुषको शव निकालिएको छ । मृत्यु हुँनेमध्ये चार जना चिनियाँ नागरिक भएको खुलेको छ ।

दुर्घटना लगत्तै प्रभु हेलिकप्टर कम्पनीको (९एन–एएनएल) हेलिकप्टर दुर्घटनास्थलमा पुगेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook