नेपाल काभा वुमन्स नेसन्स लिग २०२४ को फाइनलमा भारतसँग पराजित

Byपहिलो सुचना

२०८१ श्रावण २४, बिहीबार १०:३९ २०८१ श्रावण २४, बिहीबार १०:३९ २०८१ श्रावण २४, बिहीबार १०:३९

साउन २४, काठमाडौं – नेपाल काभा वुमन्स नेसन्स लिग २०२४ को फाइनलमा भारतसँग ३–२ को सेटमा पराजित हुन पुग्यो ।

योसँगै घरेलु मैदानमा भारतलाई स्तब्ध पार्दै उपाधि जित्ने सपनामा अधुरै बन्न पुग्यो । बुधबार भएको फाइनलमा नेपाल भारतसँग २५–२३, १४–२५, २५–२२, २१–२५ र ५–१५ ले पराजित हुन पुग्यो । चौथो सेटमा जित निकाल्न नसक्नु नै नेपालको हारको मुख्य कारण बन्यो । यसअघि सन् २०१९ मा नेपालमा नै भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको फाइनलमा नेपाल भारतसँग फाइनलमा ३-२ ले पराजित भएको थियो । त्यतिबेला पनि निर्णायक पाचौं सेटमा ६-१५ ले गुमाउँदै नेपाल स्वर्ण जित्नबाट चुकेको थियो ।

प्रतियोगितामा सहभागी भारत, इरान, श्रीलंका, माल्दिभ्स गरी सबै टिमलाई पराजित गरेको नेपालले उपाधि भने जित्न सकेन । नेपालले गत शनिबार मात्रै प्रतियोगिताको लिग चरणमा भारतलाई इतिहासमै पहिलो पटक ३–२ को सेटमा हराएको थियो । त्यही सोचका साथ खेल सुरु हुनुभन्दा ४१ मिनेट अघि नेपाल कोर्ट प्रवेश गरेको थियो ।

एक हजार मात्रै सिट क्षमता भएको दशरथ रंगशाला भलिबल कभर्डहलमा नेपालको खेल सुरु हुनु भन्दा एक घण्टा अघि नै खचाखच भरिएको थियो । देशभरबाटै निकै महत्वका साथ यो खेल हेरिएको थियो । यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी ओपन स्पाइकर निरुता ठगुन्नाले पहिलो सेटमा तीन अंक लिँदै नेपालका लागि राम्रो सुरुवात दिलाएकी थिइन् । नेपालले लिग चरण र सेमिफाइनलमा इरानविरुद्ध गरेको प्रदर्शनलाई निरन्तरता दिने संकेत दिएको थियो ।

त्यसपछि निरुताको प्रदर्शन राम्रो रहेन । इरानविरुद्ध सेमिफाइनल खेलेको २४ घण्टामै नेपाल पुन फाइनल खेल्न कोर्टमा फर्किएको थियो । कप्तान अरुणा शाहीको गल्तीमा अंक पाएको भारतले त्यसपछि लगातार चार अंक जोडेपछि नेपालले पहिलो टाइम आउट लिएको थियो ।

त्यसपछि खेलमा निरन्तर प्रतिस्पर्धा भयो । दुबै टिम अंकमा अघि र पछि भइरहे । १०–१० को स्थितिबाट भारतले दुई अंकको अग्रता लियो । निरुताको स्पाइक सूर्याले ब्लक गरेपछि भारत अघि थियो । सूर्या र अनुश्रीको प्रदर्शनमा भारतले एक समय चार अंकको अग्रता लिदा १८–१४ को अवस्थामा थियो ।

लामो समयसम्म चलेको र्‍यालीमा उषाले नेपाललाई १५ औं अंक दिलाएकी थिइन् । भारतीय सेटको गल्ती र उषाको शक्तिशाली स्पाइकमा नेपाल १७–१८ को अवस्थामा पुगेको थियो । त्यसपछि भारतले अंक जोड्दै भारत २१–१७ को मजबुत अवस्था बनायो । उषा, पुनम चन्द, निरुता र सरस्वती चौधरीले नेपाललाई २३–२३ को बराबरी गरेका थिए ।

सरस्वतीको स्पाइकमा २४ औं र भारतीय खेलाडीको गल्तीमा २५ औं विजयी अंक बटुलेपछि नेपालले पहिलो सेट जित्यो ।
तर दोस्रो सेटमा भारतले खेलमा उत्कृष्ट पुनरागमन गर्‍यो । ४–५ को अवस्थाबाट अघि बढेको भारत अनुश्री र सूर्याको ब्लक तथा सलिनीको शानदार स्पाइकमा २५–१४ ले जितेको थियो । नेपालले अपेक्षा गरे भन्दा निकै खराब प्रदर्शन थियो । उषा र निरुताको स्पाइकलाई भारतीय ब्लकरले निरन्तर असफल पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook