बागलुङ पहिरो: तीन जना घाइतेलाई हेलिकप्टरबाट पुर्‍याइयो काठमाडौं

Byपहिलो सुचना

२०८१ श्रावण २३, बुधबार ११:४१ २०८१ श्रावण २३, बुधबार ११:४१ २०८१ श्रावण २३, बुधबार ११:४१

साउन २३, बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटामा मंगलबार खसेको पहिरोले घर पुरिँदा गम्भीर घाइते भएका सबै तीन जनाको उद्धार भएको छ।

उनीहरूलाई केहीबेर अघि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं लगिएको छ। 

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बडिगाड-१० की १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सिता थापा र ४६ वर्षीय संगीता बुढालाई काठमाडौं लगिएको हो।

स्थानीय जोगबहादुर बुढाको घर मंगलबार बिहान पहिरोले पुरिँदा ६ जनाको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए। हाल चारजना बेपत्ता छन्।

प्रतिकूल मौसमका कारण घाइतेलाई स्वास्थ्य संस्था पुर्‍याउन सकिएको थिएन। नेपाली सेनाका स्वास्थ्यकर्मीले उनीहरूको उपचार गरेका थिए। 

तीन जना गम्भीर घाइतेलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिए।

अन्य घाइतेलाई बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook