टी-२० विश्वकपको पहिलो खेलमा नेपालको हार

Byपहिलो सुचना

२०८१ जेष्ठ २३, बुधबार ०१:१९ २०८१ जेष्ठ २३, बुधबार ०१:१९ २०८१ जेष्ठ २३, बुधबार ०१:१९
DALLAS, TEXAS - JUNE 04: Rohit Paudel of Nepal in action during the ICC Men's T20 Cricket World Cup West Indies & USA 2024 match between Netherlands and Nepal at Grand Prairie Cricket Stadium on June 04, 2024 in Dallas, Texas. (Photo by Matt Roberts-ICC/ICC via Getty Images)

जेठ २३, टेक्सास । आइसिसि टी-२० विश्वकप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा खराब ब्याटिङ गर्दा नेपाल पराजित भएको छ। 

अमेरिकाको टेक्सासको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा नेपालले नेदरल्यान्ड्ससँग ६ विकेटको हार बेहोर्‍यो।  नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो। 

नेदरल्यान्ड्सका लागि ओपनिङ ब्याटर म्याक्स ओ’डाउडले अर्धशतक प्रहार गरे। उनले नटआउट ५४ रन प्रहार गर्ने क्रममा  ४८ बलमा ४ चौका र १ छक्का प्रहार गरे। त्यसअघि अर्का ओपनर माइकल लेभिटलाई सोमपाल कामीले दोस्रो ओभरमा १ रनमै आउट गरेका थिए। त्यसपछि दीपेन्द्रसिंह ऐरीले विक्रमजित सिंहलाई नवौं ओभरमा २२ रनमा एलबिडब्लूको धरापमा पारेका थिए। 

साइब्रड एन्गेलब्रेचलाई सोमपाल कामीले १४ रनमा आउट रनआउट गर्दा अभिनास बोहराले कप्तान स्कट इडवार्डलाई ५ रनमा बोल्ड गरे। खेलमा नेपालका कप्तान रोहित पौडेलले १८औं ओभरमा ओ’डाउडको क्याच मिस गरेका थिए। त्यतिबेला उनी ४१ रन बनाएर खेलिरहेका थिए। 

बलिङमा नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अभिनास बोहराले १-१ विकेट लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook