बझाङमा उत्साहपूर्वक मतदान हुँदै

Byपहिलो सुचना

२०८१ बैशाख १५, शनिबार १०:२७ २०८१ बैशाख १५, शनिबार १०:२७ २०८१ बैशाख १५, शनिबार १०:२७

वैशाख १५, बझाङ । बझाङ प्रदेशसभा निर्वाचन ९१ ० मा मतदाता उत्साहपूर्वक लामबद्ध भएर मतदान गरिरहेका छन् । निर्धारित समय ७ बजेदेखि नै भोट हाल्न उत्साहित भएर मतदाता मतदान केन्द्रमा आएका मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए ।

प्रदेश सभा निर्वाचन क्षेत्र (१)का ७४ वटै मतदान स्थल र ९४ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको जानकारी आफूलाई प्राप्त भएको उनले बताए । शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएको छ । यो चुनावमा ६१ हजार सात सय ४८ मतदाताले भोट हाल्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook