क्यालिफोर्नियामा कार दुर्घटनामा नेपालीको मृत्यु

ByGyan Kaji Tamang

२०८० फाल्गुन ११, शुक्रबार १२:१६ २०८० फाल्गुन ११, शुक्रबार १२:१६ २०८० फाल्गुन ११, शुक्रबार १२:१६

फागुन ११, काठमाडौं । बिहीबार क्यालिफोर्नियाको सान पाब्लोमा भएको कार दुर्घटनामा परि एक नेपालीको मृत्यु भएको छ । दुर्घटनामा परि चितवन गैडोकोट स्थाई घर भई हेवार्ड बस्ने जगत भण्डारीको मृत्यृ भएको प्रहरीले जानकारी दिएका छन ।

सान पाब्लो प्रहरीका अनुशार अधिकारीहरूले विहान २ बजेर २१ मिनेटमा सान पाब्लो एभिन्यू र २३ औं स्ट्रिटको क्षेत्रमा दुर्घटना भएको खबर पाएपछि घटनास्थलमा पुग्दा अगाडिपट्टी क्षतिग्रस्त टोयोटा सेडान भेट्टाएका थिए ।
ड्राइभर कारमा एक्लै चढेका थिए । चिकित्सकहरू नआउन्जेल अधिकारीहरूले जीवन बचाउने प्रयास गरेपनि घाइतेको घटनास्थलमै मृत्यु भएको थियो । टोयोटा सान पाब्लो एभिन्यूमा दक्षिणतर्फ जाँदै गरेको थियो भने सान पाब्लो एभिन्यूको वेस्ट कर्ब लाइनमा रहेको कंक्रीट पिलरसँग ठोक्किएर सडक बाहिर पुगेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook