फागुन,३ सेन फ्रान्सिस्को, क्यालिफोर्निया । एप्लिकेसनमा आधारित राइड सेरिङ कम्पनीहरुमा काम गर्ने चालक(उबर,लिप्ट र अन्य) हरुले विभेद गरेको भन्दै क्यालिफोर्नियामा प्रदर्शन गरेका छन । थर्ड स्टिट सेनफ्रान्सिस्कोमा उबरको प्रधान कार्यलाय घेराउ गर्दै कोनसभामा परिणत भएको उक्त ञ्यालिमा करिब २ सय जना उबर र लिप्ट चालाकहरु सहभागी थिए ।
क्यलिफोर्निया गिग वर्कर्स युनियनले आयोजना गरेको उक्त प्रदर्शन अमेरिका भरि र क्यानडामा समेत प्रदर्शन गरिरहेको आयोजक सेरिया मोन्टानियो बताए । उनले अगाडी भने “यात्रुबाट धेरै पैसा उठाउने तर ड्राइभरहरुलाई अत्यान्तै कम भाडा दिने, आफु खुसी अकाउन्ट बन्द गरिदिने, ड्राइभरहरुको सुरक्षामा ध्यान नदिने, सयौ डाइभरको हत्या भए पनि उनिहरुको परिवारलाइ उचित क्षतिपूर्ति नदिने जस्ता उनिहरुको नियत विरूद हामी प्रदर्शन गर्न बाध्य भएका छौ । यो सम्पुर्ण चालकहरुको अधिकारको लागि हामी संघर्ष गर्दै छौ ।”
सन २०१३ देखि सञ्चालनमा आएको राइड सेरिङ कम्पनी लिप्ट र उबर अमेरिकामा सार्वजनिक यातायातको चौथो माध्यमको रुपमा सेवा दिइरहेका छन । क्यलिफोर्निया राज्यामा मात्र करिब २१ हजार चालक छन । उनिहरु पटकपटक उचित भाडा पाउनु पर्ने माग गर्दै आइरहेको थिए ।




