माघ १४, क्यालिफोर्निया । लुनार सम्वत् २१५१ औं नयाँ वर्ष ग्याल्पो ल्होछार (डुक ल्हो) राष्ट्रिय पर्वको अवसरमा क्यालिफोर्निय शेर्पा एसोसियसन अमेरिकाद्वारा आयोजना गरिएको ग्याल्पो ल्होसार साँझ २०२४ सम्पन्न भएको छ ।
शनिबार क्यालिफोर्निया राज्यको सेन फ्रान्सिस्को शहरमा सम्पन्न भएको कार्यक्रममा करिब ५०० भन्दा बढी दर्शक उपस्थित थिए । कार्यक्रममा चर्चित गायक मिङ्मा शेर्पा र सेलो गायक तेम्बु लामाले आफ्नो चर्चित गितहरु मार्फत साँगितिक प्रस्तुति दिएका थिए भने स्थानिय कलाकार हरुले सँस्कृतिक नृत्य र झाँकि प्रदर्शन गरेका थिए ।
कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको बताउदै संस्थाका अध्यक्ष लाक्पा नुरु शेर्पा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे । उनले अगाडि भने “हामीले अपेक्षा गरेभन्दा धेरै दर्शकहरुको उपस्थिति थियो । कार्यक्रममा पाल्नुहुने सबैमा धेरैधेरै धन्यवाद भन्न चाहन्छौं । उहाँहरुको उपस्थिति बिना कार्यक्रम सफल हुन सक्दैन थियो,” अध्यक्ष शेर्पाले व्यक्त गरे ।
सन् २०१० सालमा स्थापना भएको शेर्पा एसोशियसनले निरन्तर रुपमा विभिन्न रुपमा सामाजिक कार्यमा योगदान दिइरहेको छ भने शेर्पा समुदायको सस्कृती संरक्षणमा पनि लामो समयदेखि महत्वपुर्ण भुमिका निभाउदै आइरहेको छ ।
