सुडान, कंगो र हाइटीको भन्दा नेपाली पासपोर्ट कमजोर

Byपहिलो सुचना

२०८० फाल्गुन ८, मंगलवार ११:२४ २०८० फाल्गुन ८, मंगलवार ११:२४ २०८० फाल्गुन ८, मंगलवार ११:२४

फागुन ७, काठमाडौं । विश्वका शक्तिशाली पासपोर्ट (राहदानी)हरूको सूचीमा नेपाल १०३औं स्थानमा परेको छ । सबैभन्दा बढी मुलुकमा पाउने अन एराइभल भिसालाई आधार बनाएर ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ले गरेको २०२४ को ताजा सर्वेक्षण मा विश्वका शक्तिशाली पासपोर्टको वरियताको सूचीमा नेपाली पासपोर्ट अन्तिमबाट सातौं स्थानमा परेको हो ।

अध्ययन अन्तर्राष्ट्रिय हवाई यातायात प्राधिकरण (आईएटीए) को विशेष तथ्यांकमा आधारित रहेको हेन्ली पासपोर्ट इन्डेक्सले जनाएको छ । अध्ययनमा १९९ राहदानी र २२७ वटा यात्रा गन्तव्यहरू समावेश छन् । जसबाट १०९ वटा वरियता तय भएको थियो ।

नेपाल रहेको १०३औं वरियतामा लिबिया र प्यालेस्टाइनका पासपोर्ट पनि परेका छन् । तर, सुडान, साउथ सुडान, इथियोपिया, कंगो, हाइटी र भुटानजस्ता देशका पासपोर्ट नेपालको भन्दा माथिल्लो वरियतामा छन् । ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ प्रतिवेदनअनुसार हाल नेपालको पासपोर्ट ४० वटा मुलुकमा मात्रै अनरआइभल भिसा लाग्छ ।

वरियतामा सबैभन्दा कम शक्तिशाली रहेको अफगानिस्तानको पासर्पोट १०९औं स्थानमा छ । जसको पासपोर्टमा २८ वटा मुलुकमा मात्रै अनअराइभल भिसा लाग्छ । अन्तिमको अफगानिस्तानभन्दा अघि सिरिया १०८औं, इराक १०७औं, पाकिस्तान १०६औं, समय १०५औं, सोमालियाका पासपोर्ट १०४औं स्थानमा छन् । नेपालभन्दा ठीक माथि १०२औं स्थानमा उत्तर कोरिया र बंगलादेशका पासपोर्ट छन् भने १०१औं स्थानमा श्रीलंका छ । दक्षिण एसियाका माल्दिभ्सको पासपोर्ट ५८औं, भारतको ८५औं र भुटानको ९२औं स्थानमा छन् ।

सूचीमा सबैभन्दा शक्तिशाली पासपोर्टको पहिलो स्थानमा फ्रान्स, जर्मनी, इटाली, जापान, सिंगापुर र स्पेनकाको नाम छ । ती सबै देशका पासपोर्टले १९४ मुलुकमा अनअराइभल भिसा पाउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook