काठमाडौंको स्वयम्भूमा तीन जनाको शव फेला

Byपहिलो सुचना

२०८० फाल्गुन ९, बुधबार ११:३९ २०८० फाल्गुन ९, बुधबार ११:३९ २०८० फाल्गुन ९, बुधबार ११:३९

फागुन ९, काठमाडौं । काठमाडौंको स्वयम्भूमा तीन जनाको शव फेला परेको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार बुधबार बिहान नागार्जुन नगरपालिका वडा नम्बर ६ स्वयम्भूमा तीन जनाको शव फेला परेको हो । तीन जनाको शव फेला परेको छ। प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गर्दैछ,’ उनले भने, ‘कस्तो अवस्थामा थियो भन्ने पछि आउला।’

शव घरभित्र फेला परेको हो। घटनास्थलमा प्रहरीको टोली पुगेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि अनुसन्धानका लागि खटिएको छ ।  कार्यालयका एसपी रविन्द्र रेग्मीका अनुसार दुई बच्चा र एक महिला मृत फेला परेका हुन्। एक जना अन्दजी डेढ दुई वर्ष र एक जना अन्दाजी ७/८ वर्षका छन्। उनीहरूमाथि धारिलो हतियार प्रयोग भएको छ। श्रीमान भने फरार छन् । ‘घरेलु हतियार प्रयोग भएको छ । श्रीमान घटनास्थलमा फेला परेका छैनन्,’ उनले भने ।

थप विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook