घरमा लुकाएर राखेको ८ सय किलो काजु बरामद

Byपहिलो सुचना

२०८० भाद्र २५, सोमबार २२:०२ २०८० भाद्र २५, सोमबार २२:०२ २०८० भाद्र २५, सोमबार २२:०२

भदौ २५, रौतहट । भन्सार छली घरमा लुकाइ राखेको आठ सय किलो काजु सशस्त्र प्रहरीले बरामद गरेको छ।

पर्साको वीरगञ्ज महानगरपालिका–१० बजरंग टोल बस्ने मगनी राउतले भारतीय बजार रक्सौलबाट भन्सार छली नेपाल भित्र्याएर घरमा लुकाइराखेको सूचनाको आधारमा सशस्त्र प्रहरीले सोमबार छापा मारी काजु बरामद गरेको हो।

भन्सार अधिकृत दीपेन्द्र शर्मासहितको प्रहरी टोलीले करिब सात लाख २० हजार रूपैयाँ बराबरको काजु बरामद गरेको हो। उक्त काजु आजै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल १३ गणका सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook