संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको मृत्यु

Byपहिलो सुचना

२०८० भाद्र २६, मंगलवार ०६:०० २०८० भाद्र २६, मंगलवार ०६:०० २०८० भाद्र २६, मंगलवार ०६:००

भदौ २६, काठमाडौं । संविधानसभा अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन भएको छ । उनी ७१ वर्षका थिए ।

रातीदेखि नै हृदयाघात भएको उनलाई उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । अस्पतालका इमरजेन्सी विभागका प्रमुख डा. रमेश महर्जनका अनुसार उनलाई राती १ः२० बजे अस्पताल ल्याइएको थियो । तर अस्पताल ल्याउँदा नै उनको मृत्यु भइसकेको थियो । 

उनका अनुसार नेम्बाङको ४ः२०मा औपचारिक रुपमा निधन भएको अस्पतालले घोषणा गरेको हो । 

उनको निधनको खबरपछि एमाले नेताहरु शिक्षण अस्पताल पुगेका छन् । एमाले उपाध्यक्षसमेत रहेका नेम्बाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष थिए । उनी हाल इलाम-२ बाट प्रतिनिधि सभामा निर्वाचित सांंसद हुन् । उनी ७० वर्षका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु अहिले त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook