इजिप्टमा २० लाखभन्दा बढी नागरिक बेरोजगार

Byपहिलो सुचना

२०८० भाद्र ६, बुधबार १६:३५ २०८० भाद्र ६, बुधबार १६:३५ २०८० भाद्र ६, बुधबार १६:३५

भदौ ६, इजिप्ट । इजिप्टको बेरोजगारी दर चालु वर्षको दोस्रो त्रैमासिकमा ०.१ प्रतिशतले घटेर ७ प्रतिशतमा पुगेको छ । देशको तथ्याङ्क निकाय क्यापमासले मङ्गलबार जारी गरेको प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको हो ।

देशभर १२ लाख पुरुष र नौ लाख ४१ हजार महिलासहित २० लाखभन्दा बढी नागरिक बेरोजगार रहेको बताइएको छ । ६१.८ प्रतिशत बेरोजगार नागरिकहरु १५ देखि २९ वर्ष उमेर समूहका छन् ।

गत वर्षको यही अवधिमा भन्दा चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा १.३ प्रतिशतले वृद्धि भएको छ । इजिप्टको वार्षिक मुद्रास्फीति दर जुलाईमा बढेर ३८.२ प्रतिशत कायम भएको थियो । (सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook