तामाङ को-अपरेसन सोसाइटी अफ क्यालिफोर्नियाको नेतृत्वमा पाख्रीन

ByGyan Kaji Tamang

२०८० भाद्र ३, आईतवार ११:५३ २०८० भाद्र ३, आईतवार ११:५३ २०८० भाद्र ३, आईतवार ११:५३

भाद्र ३, क्यालिफोर्निया । तामाङ को-अपरेसन सोसाइटी अफ क्यालिफोर्नियाको अधिवेशनबाट अध्यक्ष सुरज पाख्रीनको नेतृत्वमा १२ कार्यसमिति चयन भएका छन् ।

संस्था छैटौं अधिवेशन तथा वार्षिक उत्सव शनिबार भदौ २ गते रिचमण्डको ग्योथो गुम्बामा नेपाल आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्ष प्रकाश लामाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

उक्त अधिवेशनबाट कार्यसमितिमा सुरज पाख्रिन अध्यक्षमा, दावा लामा वरिष्ठ उपाध्यक्षमा र उपाध्यक्षमा भिवा तामाङ चयन भएका छन् । त्यसैगरी महासचिवमा ग्याल्पो योञ्जन, सचिवमा ज्ञानकाजी तामाङ र कोषाध्यक्षमा रोशन तामाङ सर्वसम्मत चयन भएका छन् । त्यस्तै, कार्यसमिति सदस्यहरुमा अमर लो, विशाल दोङ, मनिका तामाङ, सानोकान्छी तामाङ, फुलम योञ्जन र सिना वाइवा रहेका छन् भने अन्य तीन सदस्य मनोनयन हुन बाकी छन् ।

कार्यक्रममा विगतको कार्यसमितिले गरेको कार्यविवरण प्रस्तुत गर्नुका साथै नयाँ निर्वाचित अध्यक्ष पाख्रिनले आगामी कार्यकालको योजना प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook