सर्‍यो राष्ट्रिय सभाको बैठक

Byपहिलो सुचना

२०८० भाद्र ५, मंगलवार १३:१२ २०८० भाद्र ५, मंगलवार १३:१२ २०८० भाद्र ५, मंगलवार १३:१२

भदौ ५, काठमाडौं । राष्ट्रिय सभाको बैठक सरेको छ। आज दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको बैठक दिउँसो ३ बजेर १४ बजे बस्ने भएको हो।

संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले आज जारी गरेको सूचनामा विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसक्ने भएकाले सवा दुई घण्टा ढिला सारिएको उल्लेख छ। 

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक सारिएको सूचनामा उल्लेख छ।

विगत एक महिनादेखि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका कारण संघीय संसदको दुवै सदनका बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित हुने गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook