राष्ट्रपतिले बोलाएका सर्वदलीय बैठकमा गएनन् एमाले

Byपहिलो सुचना

२०८० भाद्र ५, मंगलवार १०:०२ २०८० भाद्र ५, मंगलवार १०:०२ २०८० भाद्र ५, मंगलवार १०:०२

भदौ ५, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले सहभागी भएका छैनन् ।

राष्ट्रपतिले एजेन्डा राखेर यसरी सर्वदलीय बैठक बोलाउन नमिल्ने भन्दै एमाले बैठकमा अनुपस्थित भएको एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए ।

“एजेन्डा राखेर सर्वदलीय बैठक बोलाउने अधिकार राष्ट्रपतिलाई छैन,” उनले भने । सरकारको काम राष्ट्रपतिले गर्न नमिल्ने भन्दै एमाले बैठकमा नगएको बर्तौलाले बताए ।

बिहान साढे ८ बजेदेखि शीतल निवासमा राष्ट्रपति पौडेलको आह्वानमा सर्वदलीय बैठक बस्दै छ । सर्वदलीय बैठकमा संसद् अवरोध खुलाउन भइरहेको प्रयासबारे छलफल गर्न पौडेलले बैठक बोलाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook