यौन दुर्व्यवहार मुद्दामा प्रधानाध्यापकलाई नौ महिना कैद

Byपहिलो सुचना

२०८० भाद्र १, शुक्रबार २०:०३ २०८० भाद्र १, शुक्रबार २०:०३ २०८० भाद्र १, शुक्रबार २०:०३

भदौ १, ओखलढुङ्गा । ओखलढुङ्गामा बाल यौन दुर्व्यवहार मुद्दामा एक प्रधानाध्यापकलाई नौ महिना कैद सजायको भएको छ।

मोलुङ गाउँपालिका–२ को गणेश माध्यमिक विद्यालयका प्रधानाध्यपक योगेन्द्रप्रसाद धमलालाई जिल्ला अदालतले नौ महिना कैद सजाय तोकेको हो।

दुई छात्रालाई यौन दुर्व्यवहार गरेको कसुरमा धमलाविरूद्ध दायर मुद्दामा जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्यको इजलासले आफूले पढाएका बालिकालाई यौन दुर्व्यवहार गर्ने धमलालाई नौ महिना कैद सजायसहित रु ५० हजार क्षतिपूर्ति र रु २० हजार जरिवाना असुलउपर गर्नुपर्ने स्रेस्तेदार विनोदकुमार घिमिरेले बताए।

गत चैत ३ गते बालिकाका आफन्तले प्रधानाध्यापकविरूद्ध प्रहरीमा बाल यौन दुर्व्यवहारको आरोपमा जाहेरी गरेपछि प्रहरीले पक्राउ गरी जिल्ला अदालतको आदेशबमोजिम साधारण तारेखमा छोडिएको थियो।

साधारण तारेखमा छुटेपछि विद्यालयको नियमित काममा फर्किएका धमलाविरूद्ध गत साउन २९ गते सो सजाय सुनाएको थियो। (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook