युक्रेनले रुसको ब्ल्याक सी बेसमा आक्रमण प्रयास गर्‍यो : रुस

Byपहिलो सुचना

२०८० श्रावण १९, शुक्रबार १६:०९ २०८० श्रावण १९, शुक्रबार १६:०९ २०८० श्रावण १९, शुक्रबार १६:०९

साउन १९, मस्को । रुसी रक्षा मन्त्रालयले मानवरहित युक्रेनी डुङ्गाले कृष्णसागर (ब्ल्याक सी) बन्दरगाह नोभोरोसियस्कमा रहेको रुसी नौसैनिक अखडामा आक्रमण गर्ने प्रयास गरेको दाबी गरेको छ । तर रुसी जहाजहरूले सो प्रयासालाई विफल पारेको पनि रुसले जनाएको छ ।

‘आज राति युक्रेनी सशस्त्र बलहरूले नोभोरोसियस्क नौसेना आधारमा दुई मानवरहित समुद्री डुङ्गाहरूद्वारा आक्रमण गर्ने प्रयास गरेको तर प्रतिकारका क्रमम  मानवरहित ती डुङ्गाहरू नष्ट गरिएको छ,’ रुसको टिप्पणी छ ।

नोभोरोसियस्कमा ट्याङ्करहरूमा तेल लोड गर्ने क्यास्पियन पाइपलाइन कन्सोर्टियमले सो प्रयासबाट पूर्वाधारमा कुनै क्षति  नपुगेको र तेल लोडिङ कार्य सामान्य रूपमा भइरहेको जनाएको छ ।

यद्यपि बन्दरगाहमा जहाज आवागमनमा अस्थायी प्रतिबन्ध भने लगाइएको छ ।

कन्सोर्टियमसँग पाइपलाइन प्रणाली छ जसले काजाकिस्तानलाई नोभोरोसियस्कको बन्दरगाहसँग जोड्छ जहाँ विश्व बजारहरूमा ढुवानीका लागि ट्याङ्करहरूमा तेल लोड गर्ने गरिन्छ । (रासस/सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook