पेट्रोलियम पदार्थ आयात बढ्दो

Byपहिलो सुचना

२०८२ माघ १३, मंगलवार १०:३३ २०८२ माघ १३, मंगलवार १०:३३ २०८२ माघ १३, मंगलवार १०:३३
Nepal Oil Corporation

माघ १३, वीरगन्ज (पर्सा) । वीरगन्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा ९० अर्ब ६ करोड मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।

वीरगन्ज नाका हुँदै गत आवको ६ महिनाको तुलनामा चालु आवमा सोही अवधिमा २ अर्ब ७५ करोड बढी मूल्यको पेट्रोलियम पदार्थ आयात भएको हो । चालु आवको ६ महिनामा पेट्रोलियम पदार्थको आयातबाट भने ३७ अर्ब ८५ करोड राजस्व सङ्कलन भएको छ ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आवको ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा पेट्रोलियम पदार्थको आयात र सोबाट प्राप्त राजस्वमा पनि उल्लेखनीय वृद्धि भएको छ । जबकि गत आवको ६ महिनामा भने ८७ अर्ब ३१ करोड मूल्यको पेट्रोलियम पदार्थ आयात हुँदा ३६ अर्ब १४ करोड राजस्व सङ्कलन भएको थियो ।

भन्सार कार्यालयका अनुसार चालु आवको ६ महिनामा ४५ अर्ब ३८ करोड मूल्य पर्ने डिजेल आयात हुँदा १९ अर्ब ८५ करोड राजस्व सङ्कलन भएको छ । त्यसैगरी सोही अवधिमा २० अर्ब ९८ करोड मूल्यको पेट्रोल आयात हुँदा १३ अर्ब ८२ करोड राजस्व सङ्कलन भएको छ । त्यस्तै १४ अर्ब ७९ करोडको एलपीजी ग्यास आयात हुँदा २ अर्ब ७७ करोड राजस्व सङ्कलन भएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook