जेठ २३, लुम्बिनी । लुम्बिनी प्रदेश सभाको बैठक यही जेठ २६ गते बस्ने भएको छ ।
प्रदेश सभा सचिव दुर्लभकुमार पुनका अनुसार बैठक शुक्रबार दिउँसो साढे ११ बजेदेखि सुरु हुनेछ ।
दोस्रो अधिवेशनको पाँचौ बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी छ ।
लुम्बिनी प्रदेश सभा नियमावली २०७९ को नियम ३ को उपनियम (३) बमोजिम बैठक आह्वान गरिएको हो ।
