पशुपतिमा मृत भेटिए सुरक्षाकर्मी

Byपहिलो सुचना

२०८० जेष्ठ २३, मंगलवार १३:३८ २०८० जेष्ठ २३, मंगलवार १३:३८ २०८० जेष्ठ २३, मंगलवार १३:३८

जेठ २३, काठमाडौं । पशुपति क्षेत्र विकास कोषको कार्यालयको नवनिर्मित भवनमा कार्यालयका सुरक्षाकर्मी मृत भेटिएका छन्।
 
कोषका कर्मचारीले मंगलबार कार्यालय परिसरमा सफाइका क्रममा कार्यालयकै सुरक्षाकर्मी धनबहादुर राना झुण्डिएको अवस्थामा फेला परेका थिए।

कर्मचारीले घटनाबारे प्रहरी वृत्त गौशालालाई खबर गरेको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए। 

राना बगैँचा फाँटबाट हालै सुरक्षातर्फ लगिएका कर्मचारी भएको कोषले जनाएको छ।

कोषले खबर गरेपछि घटनास्थल पुग्दा राना झुण्डिएको अवस्थामा भेटिएकाले शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको डिएसपी सञ्जीवबाबु खड्काले बताए।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको उनले बताए। 

सञ्चालक परिषद् सदस्यका लागि निर्माण गरिएको भवनमा राना झुण्डिएको अवस्थामा भेटिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook