पोर्चुगलमा सुतेकै अवस्थामा नेपाली युवकको निधन

Byपहिलो सुचना

२०८० जेष्ठ ७, आईतवार ११:२० २०८० जेष्ठ ७, आईतवार ११:२० २०८० जेष्ठ ७, आईतवार ११:२०

जेठ ७, काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा आठ महिनाअघि पोर्चुगल आएका एक नेपाली युवाको निधन भएको छ। 

बाँकेको खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको गत शुक्रबार सुतेकै अवस्थामा निधन भएको हो।

साराङकोटीको पोर्तीमाउस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा निधन भएको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिए। 

बिहीबार राति कामबाट आएर सुतेका उनी शुक्रबार बिहान ओछ्यानमै मृतावस्थामा भेटिएको अध्यक्ष अधिकारीले बताए। 

साराङकोटी पोर्तीमाउस्थित एक होटलमा कार्यरत थिए। विगत आठ वर्षदेखि घर नगएका उनी रोजगारीकै सिलसिलामा दुबई–माल्टा हुँदै आठ महिनाअघि पोर्चुगल पुगेका थिए। उनको शव पोर्तीमाउस्थित अस्पतालको शवगृहमा राखिएको छ।

परिवारको आग्रहमा उनको शव नेपाल पठाउनका लागि आवश्यक तयारी भइरहेको अध्यक्ष अधिकारीले जानकारी दिए। 

शव पठाउनका लागि आर्थिक सङ्कलन सुरु गरिएको बताउँदै अधिकारीले सो कार्यमा सहयोग गर्न पोर्चुगलमा रहेका नेपाली समुदायसँग आग्रहसमेत गरेका छन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook