आज प्रतिनिधि सभा बस्दै, नीति तथा कार्यक्रममाथि छलफल

Byपहिलो सुचना

२०८० जेष्ठ ७, आईतवार ०८:०२ २०८० जेष्ठ ७, आईतवार ०८:०२ २०८० जेष्ठ ७, आईतवार ०८:०२

जेठ ७, काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेदेखि बैठक बस्न लागेको हो । 

आज बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची छ ।

त्यसका लागि प्रधानमन्त्रीले संसदमा प्रस्ताव प्रस्तुत गर्नेछन् । आजको संसद बैठकमा नीति तथा कार्यक्रममा सांसदहरूबाट प्राप्त  हुने संसोधन प्रस्तावबारे पनि छलफल हुने कार्यसूची छ । नीति तथा कार्यक्रममा यहि ११ गते सम्म छलफल हुनेछ ।

छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको प्रधानमन्त्री प्रचण्डले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित हुनेछ । त्यसपछि जेठ १५ गते सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्नेछ । 

यसैबीच प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

अध्यक्ष ओलीले गएको बिहीवार नै सम्बोधन गर्ने अग्रिम जानकारी गराएकोमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका कारण स्थगित गरिएको थियो ।

एमालेले सरकारले संसदमा प्रस्तुत गरेको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम देशलाई निर्देश गर्ने खालको नभएको भन्दै पारित हुन नदिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook