काठमाडौंबाट दुबईका लागि उडेको जहाजको इन्जिनमा आगलागी‚ आकस्मिक अवतरण गर्दै

Byपहिलो सुचना

२०८० बैशाख ११, सोमबार २१:५२ २०८० बैशाख ११, सोमबार २१:५२ २०८० बैशाख ११, सोमबार २१:५२

बैशाख ११, काठमाडौं । उडिरहेको फ्लाइ दुबईको जहाजको एउटा इन्जिनमा आगलागी भएको छ । आगलागी भएपछी जहाज आकस्मिक अवतरन गर्ने तयारी गरिदै छ ।

त्रिभुवन विमानस्थल नजिकको जहाजमा असामान्य झिल्का देखिएको र केही असामान्य आवाज समेत आएको विमानस्थल स्रोतले जनाएको छ । विमानस्थलमा आगो निभाउन वारुणयन्त्रहरु तयारी अवस्थामा रहेको विमानस्थल कर्मचारीले बताए ।

उक्त जहाज काठमाडौंबाट बेलुका ९ बजेर २१ मिनेटमा दुबईका लागि उडेको थियो । आगलागीको कारण भने खुल्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook