साउन ३२, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३४५१ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९३ नमुनाको पीसीआर परीक्षण गर्दा २ हजार ५६६ जना र ५ हजार ५१८ जनाको एन्टीजेन परीगक्षण गर्दा ८८५ जनामा संक्रमण पुष्टि भएको हो । भने गत २४ घण्टामा ३५ जना संक्रमितको मृत्यु भएको छ ।
