फागुन ३०, सेनफ्रान्सिस्को । नेपाली साँगितिक क्षेत्रका चर्चित राष्ट्रिय कलाकार गायक विजय लामालाई सम्मान पत्र सहित अमेरिकाको क्यालिफोर्नियमा सम्मान गरेको छ । तामाङ कोअपरेसन सोसाइटी अफ क्यालिफोर्नियाले एक कार्यक्रम आयोजन गरि उनि सहित अन्य कलाकारहरुलाई सम्मान गरेका हुन् ।
कार्यक्रममा संस्थाका अध्यक्ष शेर लामाले सम्मान पत्र सहित खादा तथा माला लगाएर उनलाई सम्मान गरेका थिए । गत फेब्रुअरी ११ मा तामाङ कोअपरेसन सोसाइटी अफ क्यालिफोर्नियाले आयोजना गरेको ल्होछार साँझा कार्यक्रमको लागि क्यालिफोर्निया आएका विजय लामाले भने आफन्तको निधन भएका कारण सो कार्यक्रममा प्रस्तुति दिन सकेका थिएनन् । सो कार्यकममा प्रस्तुति दिएका कलाकार शशिकला मोक्तान र हेम वाइवा लाई भने संस्थाले गत फेब्रुअरी १९ मै विशेश कार्यक्रम आयोजना गरि सम्मान गरेका थिए ।
सस्थाले बे यरिया क्षेत्रमा ख्याति प्राप्त अग्रजहरुको उपस्थितिमा सम्मान गरेका थिए । कार्यक्रममा हिमालायन फाउन्डेसनका निवर्तमान अध्यक्ष यज्ञलाल श्रेप्ठ, एन आर एन क्यालिफोर्निया पश्चिम क्षेत्रका कोर्डिनेटर श्रिराम थापा, समाजसेवी रविसिङ बस्नेत, द वाइड जोन का संस्थापक अध्यक्ष राजेश थापा, समाजसेवी विनय पोखरेल, सिपिए का प्रतिनिधि तथा समाजसेवी सन्तोष शाह, चलचित्र निर्देशक श्याम भट्टराई , नेपाल आदिवासी जनजाति महासघं अमेरिकाका अध्यक्ष प्रकाश लामा, महासचिव सुनील राज कर्णिकार , तामाङ कोपरेसन सोसाइटीका पूर्व अध्यक्ष प्रेम लामा र पहिलो सुचना डटकमका सम्पादक ज्ञानकाजी तामाङ लगायतका उपस्थिति थिए ।
