झारफुक गर्ने बहानामा कुटपिट गरी हत्या गर्ने महिला पक्राउ

Byपहिलो सुचना

२०७९ फाल्गुन २२, सोमबार १९:४२ २०७९ फाल्गुन २२, सोमबार १९:४२ २०७९ फाल्गुन २२, सोमबार १९:४२

फागुन २२, रुपन्देही । रूपन्देहीको सैनामैनामा १४ वर्षीय एक किशोरीलाई झारफुक गर्ने बहानामा कुटपिट गरी हत्या गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्लाको सैनामैना नगरपालिका–१० झिमझिमे बस्ने १४ वर्षीया सीता ज्ञवालीलाई स्थानीय २२ वर्षीया सोनिया रेश्मीले शनिबार झारफुक गर्ने बहानामा कुटपिट गर्दा मृत्यु भएको थियो।

कुटपिटबाट मृत्यु भएकी किशोरीको त्यसै रात दाहसंस्कार गरिएको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सालझण्डी रूपन्देहीबाट खटिएको प्रहरी टोलीले अभियुक्त सोनियालाई पक्राउ गरेको हो।

जिल्ला अदालत रूपन्देहीबाट सात दिन म्याद थपको अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook