प्रधानमन्त्री दाहालले गरे नेता उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण

Byपहिलो सुचना

२०७९ फाल्गुन २२, सोमबार १६:५७ २०७९ फाल्गुन २२, सोमबार १६:५७ २०७९ फाल्गुन २२, सोमबार १६:५७

फागुन २२, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार निधन भएका नेकपा (एकीकृत समाजवादी) का नेता सरोजकुमार उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा पुगेर प्रधानमन्त्री दाहालले नेता उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्।

शनिबार काठमाडौंको शंखमूलस्थित एक रेष्टुरेन्टबाट खसेर नेता उपाध्यायको निधन भएको थियो।

उपाध्याय एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका भाइ हुन्।

प्रधानमन्त्री दाहालले अध्यक्ष नेपाल र उनको  परिवारजनमा समवेदना व्यक्त गरे।

दिवङ्गत नेता उपाध्यायको अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिव शरीर पार्टी कार्यालयमा राखिएको थियो। एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताले पनि दिवङ्गत नेता उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook