एक महिनादेखि बेपत्ता बालिका मृत फेला

Byपहिलो सुचना

२०७९ फाल्गुन २१, आईतवार ०७:३१ २०७९ फाल्गुन २१, आईतवार ०७:३१ २०७९ फाल्गुन २१, आईतवार ०७:३१

फागुन २१, ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा झण्डै एक महिनादेखि बेपत्ता बालिका मृत भेटिएकी छिन् ।

छ वर्षीय सोनिया लिम्बू मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

सोनिया गत माघ २५ देखि बेपत्ता थिइन् । घरदेखि करिब आधा घण्टाको पैदल दुरीमा पर्ने आयुजिम्बा खोला किनारमा उनको शव फेला परेको ताप्लेजुङ पहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताए ।

उनकाअनुसार सुगुरलाई चारो खोज्न निस्किएका स्थानीयले बालिकाको शव भेटेपछि प्रहरीलाई खबर भएको थियो ।

बालिकाको शव पोष्टमार्टमका लागि सदरमुकाम ल्याइएको छ ।

शव भेटिएको खबरपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थलमा गएको थियो ।

घटनास्थल सदरमुकाम फुङलिङदेखि झण्डै एक दिनको पैदल दुरीमा पर्छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook