ग्यास विस्फोटबाट घाइते भएका सांसद भण्डारीलाई थप उपचारको लागि भारत लगियो

Byपहिलो सुचना

२०७९ फाल्गुन ४, बिहीबार १६:०८ २०७९ फाल्गुन ४, बिहीबार १६:०८ २०७९ फाल्गुन ४, बिहीबार १६:०८

फागुन ४, काठमाडौं । बुधवार राति ग्यास विस्फोटबाट घाइते भएका नेपाली कांग्रस नेता एवम् प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतकाे मुम्बई लगिएको छ ।

भण्डारीलाई श्री एअरलाइन्सको विमानमार्फत भारतको मुम्बईमा रहेकाे नेशनल स्किन बर्न सेन्टरमा थप उपचारका लागि लगिएको हाे । उनको नेपालमा यथोचित उपचार सम्भव नभएपछि चिकित्सकको टोलीसहित त्यसतर्फ लगिएको हो ।

नेता भण्डारीको यसअघि कीर्तिपुरकाे कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो । अस्पतालले उपलब्ध साधन र स्रोतबाट उनको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिरका सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण (सिफारिस) गरेको हो ।

बुधवार राति निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए । आमा हरिकलाको भने उपचारका क्रममा बिहान निधन भएको छ । सांसद भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलेको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook