ग्यास सिलिण्डर विस्फोट हुँदा सांसद चन्द्र भण्डारी र उनकी आमा घाइते

Byपहिलो सुचना

२०७९ फाल्गुन ४, बिहीबार ०७:३४ २०७९ फाल्गुन ४, बिहीबार ०७:३४ २०७९ फाल्गुन ४, बिहीबार ०७:३४

फागुन ४, काठमाडौं । खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा कांग्रेस नेता एवम् सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएका छन् ।

काठमाडौंको बुद्धनगरस्थित उनको निवासमा हिजो राती ग्यास सिलिण्डर विस्फोट भएको थियो ।

राति साढे दस बजे खाना खाएर सुतिरहेको बेलामा सिलिण्डर विस्फोट भएको उनको पारिवारिक स्रोतले बतायो ।

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ग्यास सिलिण्डर बिस्फोटबाट घाइते दुबैजनाको उपचार किर्तिपुर अस्पतालमा भइरहेको जानकारी दिए ।

डाक्टरहरुको अनुसार चन्द्र भण्डारीको शरीरको करिब २५ प्रतिशत र उनकी आमाको करिब ७० प्रतिशत भाग जलेको भण्डारीको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook