क्यालिफोर्नियामा ल्होछार रिमठिम साँझ-२०२३ सम्पन्न

ByGyan Kaji Tamang

२०७९ माघ २९, आईतवार २३:१९ २०७९ माघ २९, आईतवार २३:१९ २०७९ माघ २९, आईतवार २३:१९ #सोनाम ल्होसार

माघ २९, सेन फ्रान्सिस्को । मञ्जुश्री सम्वत् ५८५९ औं नयाँ वर्ष सोनाम ल्होछार (तावर ल्हो) राष्ट्रिय पर्वको अवसरमा तामाङ कोपरेसन सोसाइटी अफ क्यालिफोर्निया, अमेरिकाद्वारा आयोजना गरिएको सोनाम ल्होछार रिमठिम साँझ २०२३ सम्पन्न भएको छ ।

शनिबार क्यालिफोर्निया राज्यको सेन फ्रान्सिस्को शहरको ११११ गफ स्ट्रिटमा सम्पन्न भएको कार्यक्रममा ८०० भन्दा बढी दर्शक उपस्थित थिए ।

कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको बताउदै संस्थाका अध्यक्ष शेर लामाले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई हृदयदेखि धन्यवाद व्यक्त गरे । “हामीले अपेक्षा गरेभन्दा धेरै दर्शकहरुको उपस्थिति थियो । कार्यक्रममा पाल्नुहुने सबैमा धेरैधेरै धन्यवाद भन्न चाहन्छौं । उहाँहरुको उपस्थिति बिना कार्यक्रम सफल हुन सक्दैन थियो,” अध्यक्ष लामाले व्यक्त गरे ।

त्यसैगरी संस्थाका महासचिव सुरज पाख्रिनले भने, “कार्यक्रमलाई सफल बनाउनको लागि विज्ञापन तथा शुभकामना दिँदै आर्थिक सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी दाताहरुलाई धेरैधेरै धन्यवाद दिन चाहन्छौं । तपाईहरुको सहयोगले नै यो कार्यक्रम सफलता पुर्वक सम्पन्न गर्न सफल भएका छौ ।”

कार्यक्रमलाई भव्य रुपले सम्पन्न गराउनको लागि नेपालबाट आएका अतिथि कलाकारहरु चर्चित सेलो गायिका शसिकला मोक्तान र म्हेन्दोमाया गायक हेम वाइवा र स्थानिय कलाकारहरुले मौलिक र धमाकेदार प्रस्तुति गर्दै कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएका थिए भने चर्चित गायक बिजय लामा भने आफन्तको निधनका कारण कर्यक्रममा उपस्थित हुन सकेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook