ओलाङचुङ्गोलाई केन्द्रबिन्दु बनाएर भूकम्प

Byपहिलो सुचना

२०७९ फाल्गुन १, सोमबार १०:०४ २०७९ फाल्गुन १, सोमबार १०:०४ २०७९ फाल्गुन १, सोमबार १०:०४

फागुन १, फुङ्लिङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ स्थित ओलाङचुङ्गोलामा केन्द्रबिन्दु बनाएर आज विहान  भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ४ः३० बजे ताप्लेजुङको लेलेप र ओलाङ्चुङ्गोला आसपास केन्द्रबिन्दु भएर ४।८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको ताप्लेजुङ र आसपासको जिल्लामा समेत महसुस गरिएको थियो । 

ओलाङचुङ्गोलामा भने कुनै क्षति नभएको फक्ताङलुङ–७ का वडाध्यक्ष छेतेन लामाले जानकारी दिए । ओलाङचुङ्गोलाई केन्द्रबिन्दु बनाएर २०७७ साल माघ २७ गते पनि ५।४ रेक्टर स्केलको भूकम्प गएको थियो  । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook