उत्तरी गोरखामा भारी हिमपात

Byपहिलो सुचना

२०७९ माघ १२, बिहीबार ०७:०१ २०७९ माघ १२, बिहीबार ०७:०१ २०७९ माघ १२, बिहीबार ०७:०१
Snow

माघ १२, गोरखा । उत्तरी गोरखामा भारी हिमपात भएको छ । बुधबारदेखि साम्दोलगायतका क्षेत्रमा भारी हिमपात भएको चुमनुब्री गाउँपालिका–१ का स्थानीय निमा दोर्जेले बताए ।

‘मौसममा आएको परिवर्तन र चिसो बढेपछि बिहानैदेखि हिमपात भइरहेको छ । अहिलेसम्म जमिनमा झण्डै एक फिटसम्म हिउँ जमिसकेको छ,’ उनले भने ।

गोरखाका सामागाउँ, ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार र सिर्दीबास लगायतका उच्च हिमाली क्षेत्रमा आजदेखि हिमपात सुरु भएको हो ।

हिमपातका कारण मानिसलाई घर बाहिर निस्कन तथा आवतजावतमा समेत समस्या भएको छ ।

‘पशुबस्तुलाई घाँसपात गर्न र चरणका लागिसमेत अहिले समस्या भएको छ । केही दिनका लागि त जसोतसो व्यवस्था गर्न सकिएला धेरै दिन पर्‍‍यो भन्ने यहाँका बासिन्दालाई ठूलो सास्ती हुन्छ,’ उनले भने ।

अघिल्ला वर्षको तुलनामा यो वर्ष ढिलो गरी हिमपात परेको दोर्जेले बताए ।

हिउँ परेपछि खेतीपाती राम्रो हुने भएकाले स्थानीय खुसी भएका छन् ।

‘हिमपात भएपछि घाँसपात पलाउने तथा खेतीबालीलाई पनि राम्रो हुन्छ । वातावरणसमेत सफा हुने भएकाले पनि हिउँ परेको राम्रो मानिन्छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook