विश्वासको मत दिएको विषय समाप्त भइसक्यो: कोइराला

Byपहिलो सुचना

२०७९ माघ १२, बिहीबार ०६:५४ २०७९ माघ १२, बिहीबार ०६:५४ २०७९ माघ १२, बिहीबार ०६:५४

माघ १२, विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले सरकारलाई विश्वासको मत दिएको विषय अब समाप्त भइसकेको बताएका छन् ।

कांग्रेसले वर्तमान सरकारलाई दिएको विश्वासको मतका विषयमा सम्पूर्ण कार्य समाप्त भएकाले यस विषयमा अब पार्टीभित्र कुनै किसिमको वादविवाद नरहेको उनले बताए ।

राष्ट्रपतिको निर्वाचन सहमतिमा जाने सम्भावना कम रहेको उल्लेख गर्दै कोइरालाले पार्टीले आफ्नो उम्मेदवार दिने बताए ।

‘राष्ट्रपति चुनावमा कांग्रेसले उम्मेदवारी दिन्छ । अन्य दलसँग पनि यसबारे छफलफल भइरहेको छ,’ विराटनगर विमानस्थलमा बुधबार पत्रकारहरूसँग उनले भने ।

कांग्रेसले गत पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको छ । कांग्रेस प्रमुख प्रतिपक्षी दलका रूपमा संसदमा छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook