क्यालिफोर्निया गोली चल्दा कम्तिमा १० जनाको मृत्यु

Byपहिलो सुचना

२०७९ माघ ८, आईतवार २०:०५ २०७९ माघ ८, आईतवार २०:०५ २०७९ माघ ८, आईतवार २०:०५
Gun shot

माघ ८, क्यालिफोर्निया । अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको एक एसियाली सहरमा गोली चल्दा कम्तीमा पनि १० जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

स्थानीय समुदायले ‘लुनार नयाँ वर्ष’ मनाइरहेका बेला मोन्टेरी पार्कमा रहेको एक नृत्य स्थलमा बन्दुकधारीले गोली चलाएको प्रहरीले जनाएको छ ।

लस एन्जलस काउन्टी शेरिफ डिपार्टमेन्टका क्याप्टेन एन्ड्रयू मेयर्सका अनुसार शनिबार राति सवा १० बजे घटना भएको थियो । 

‘खबर पाएपछि अधिकारीहरू त्यस स्थानमा प्रवेश गर्दा केही मृतक र घाइतेहरू घटनास्थलमा थिए,’ उनले भने, ‘मोन्टेरी पार्क प्रहरी फायर डिपार्टमेन्टका अधिकारी घटनास्थलमा पुगेर घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाएको थियो । १० जना घटनास्थलमा मृत फेला परेका थिए ।’

यस घटनाका आरोपी फरार छन् । उनलाई प्रहरी खोजिरहेको छ । (एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook