हट्यो आयातमा नगद मार्जिनको व्यवस्था

Byपहिलो सुचना

२०७९ माघ ५, बिहीबार १७:३९ २०७९ माघ ५, बिहीबार १७:३९ २०७९ माघ ५, बिहीबार १७:३९
Bank

माघ ५, काठमाडौं । नेपाल राष्ट्र बैंकले आयातमा अनिवार्य नगद मार्जिनको व्यवस्था हटेको छ । अब कुनैपनि वस्तु आयात गर्दा नगद मार्जिन बैंकमा जम्मा गर्नुपर्दैन । 

बिहीबार एकीकृत परिपत्र जारी गर्दै केन्दीय बैंकले सबै प्रकारको नगद मार्जिनको व्यवस्था हटाएको जनाएको छ ।

राष्ट्र बैंकले विदेशी विनिमय सञ्चिति संकट बढेपछि पछिल्लो एक वर्षदेखि आयातमा कडाइ गर्दै विभिन्न १६ सय वस्तुहरुको आयातको प्रतितपत्र (एलसी) मा ५० देखि शत प्रतिशतसम्म नगद मार्जिनको व्यवस्था गरेको थियो । उद्योगी तथा व्यवसायीहरुले यस व्यवस्थाको चर्को विरोध गर्दै आएका थिए ।

तर अहिले आयात घटेको र विदेशी मुद्रा सञ्चितिमा पनि सुधार आएको भन्दै उक्त व्यवस्था हटाइएको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook