तोकियो ऊखुको न्यूनतम खरिद मूल्य

Byपहिलो सुचना

२०७९ माघ ४, बुधबार २१:४९ २०७९ माघ ४, बुधबार २१:४९ २०७९ माघ ४, बुधबार २१:४९

माघ ४, काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८० का लागि सरकारले ऊखुको न्यूनतम खरिद मूल्य तोकेको छ ।

बुधबारको मन्त्रिपरिषद बैठकले ऊखुको न्यूनतम समर्थन मूल्य तोकेको हो ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार ऊखुको उत्पादन लागत, ढुवानी भाडा र मुनाफासमेत गरी कृषकले उत्पादन गरेको ऊखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल पाँच सय ४० रूपैयाँ निर्धारण गरिएको हो ।

यो मूल्य गत आर्थिक वर्षको भन्दा प्रतिक्विन्टल २० रूपैयाँले बढी हो । गत आर्थिक वर्ष सरकारले ऊखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल पाँच सय २० रूपैयाँ तोकेको थियो ।

ऊखु किसानलाई सरकारले दिने अनुदान भने यथावत् राखिएको छ ।

‘ऊखु किसानलाई अनुदान दिनेसम्बन्धी कार्यविधि, २०७५ को दफा ३ को उपदफा ३ अनुसार चालु आर्थिक वर्षका लागि सरकारले ऊखु किसानलाई दिने अनुदान भने यथावत् राखिएको छ । यस वर्ष पनि ऊखु किसानले प्रतिक्विन्टल ७० रूपैयाँ अनुदानका रूपमा पाउने छन्,’ कृषि मन्त्रालयले विज्ञप्तिमा भनेको छ ।

सरकारले उपलब्ध गराउने अनुदान रकमसमेत जोड्दा किसानले चालु आर्थिक वर्षका लागि ऊखु बिक्रीमा न्यूनतम छ सय १० रूपैयाँ पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook