माघ २, काठमाडौं । बागमती प्रदेश सभाको उपसभामुख पदमा नेकपा एमालेकी अप्सरा चापागाईं निर्वाचित भएकी छन् ।
आज प्रदेश सभाको बैठकमा भएको निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तर्फबाट उम्मेदवार बनेकी गीता काफ्लेलाई पराजित गर्दै चापागाईं उपसभामुख पदमा निर्वाचित भएकी हुन् ।
आजको प्रदेश सभामा एक सय १० सदस्य रहेकोमा एक सय आठ जना सदस्य बैठकमा उपस्थित भएको प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।
बैठकमा उपस्थितमध्ये ६१ ले प्रस्तावको पक्षमा मत खसाले। विपक्षमा ३९ र दिन्न भन्ने पक्षमा सात मत पर्यो। चापागाईंको प्रस्तावकमा कुमारी मोक्तान र समर्थकमा आशा लामा थिए ।
