नाइजेरियाको रेल स्टेसनबाट ३० जनाभन्दा बढी व्यक्ति अपहरण

Byपहिलो सुचना

२०७९ पुष २५, सोमबार १६:०५ २०७९ पुष २५, सोमबार १६:०५ २०७९ पुष २५, सोमबार १६:०५

पुस २५, अबुजा । नाइजेरियाको दक्षिणी इडो राज्यस्थित रेल स्टेसनबाट शनिबार एके–४७ राइफल बोकेका हतियारधारीहरूले ३० जनाभन्दा बढी व्यक्तिलाई अपहरण गरेको डीडब्ल्यु न्युजले जनाएको छ ।

इडो गभर्नरको कार्यालयले जनाएअनुसार  बन्दुकधारीको आक्रमण इग्वेबेनमा करिब ४ बजे (स्थानीय समय) मा भएको थियो ।

एके–४७ असल्ट राइफल लगायतका हतियार लिएर आएका मानिसहरूले सो स्टेशनमा ट्रेनको पर्खाइमा रहेका यात्रुहरूलाई आक्रमण गरेका थिए ।

सूचना मन्त्री क्रिस ओसा नेहिखारेले आक्रमणमा ३२ जना अपहरणमा परेको तर एकजना  बेपत्ता भएको बताएका छन् ।

अहिले, सुरक्षाकर्मीहरू परिचालन गरी पीडितहरूको उद्धारकार्य अगाडि बढाइएको  नेहिखारेले  जनाएका छन् । (रासस/एएनआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook