पुस २४, काठमाडौं । पुस १७ गतेदेखि सर्भरमा आएको समस्या समाधान भएकाले पासपोर्ट वितरणको सेवा सुचारू भएको राहदानी विभागले जानकारी दिएको छ ।
आज (आइतबार) विज्ञप्ति जारी गर्दै विभागकी प्रवक्ता दुरपदा सापकोटाले आवेदकहरुको मोबाइलमा पासपोर्ट तयार भएको सन्देश आएपछि पासपोर्ट लिन आउन सकिने बताएकी छन् ।

