पाल्पामा ट्याक्टरबाट खसेर सहचालकको मृत्यु

Byपहिलो सुचना

२०७९ पुष २१, बिहीबार ०८:३८ २०७९ पुष २१, बिहीबार ०८:३८ २०७९ पुष २१, बिहीबार ०८:३८

पुस २१, रामपुर । पाल्पाको पूर्वखोला गाउँपालिका–३ कमेरेमा ट्याक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ ।

बुधबार बेलुकी निस्दी गाउँपालिकाबाट पूर्वखोला जाँदै गरेको लु ३ त ६२५९ नम्बरको ट्याक्टरबाट खसेर पूर्वखोला–३ भालकुनका २८ वर्षीय सेते सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

ट्याक्टरको ट्रलीमा सवार सारु सडकमा खस्दा सोही ट्याक्टरको बायाँतर्फको टायरले लाग्दा मृत्यु भएको हो ।

चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook