सुनसरीमा भेटियो किशोरको शव

Byपहिलो सुचना

२०७९ पुष २१, बिहीबार ०७:१० २०७९ पुष २१, बिहीबार ०७:१० २०७९ पुष २१, बिहीबार ०७:१०

पुस २१, सुनसरी । सुनसरीको कोसी गाउँपालिका–२ पश्चिम कुशाहामा एक किशोरको हत्या भएको छ ।

कोसी–२ का १६ वर्षीय रञ्जीतकुमार यादवको हत्या भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले बताए ।

किशोरको शव बुधबार गाउँ नजिकैको आलु खेतमा आधा गाडिएर फालिएको अवस्थामा फेला परेको थियो ।

उनी मंगलबार दिउँसोदेखि हराइरहेका थिए । उनी घरबाट लौकही गएको र हराएका थिए ।

स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतकको शरीरमा घाउ चोट र घाँटी बटारिएको डाम भेटिएकाले हत्या गरेर फालिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

घटनाको अनुसन्धानमा प्रहरीले कुकुर परिचालन गरेको र थप अनुसन्धान जारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook