गुरुङ समुदायमा आज तमु ल्होसार भव्यरूपमा मनाइँदै

Byपहिलो सुचना

२०७९ पुष १५, शुक्रबार ०७:४४ २०७९ पुष १५, शुक्रबार ०७:४४ २०७९ पुष १५, शुक्रबार ०७:४४
Tamu LosharKATHMANDU, NEPAL, KATHMANDU, NP, NEPAL - 2016/12/30: Nepalese Gurung community girl smiles in a traditional attire during the celebration of Tamu Lhosar or Losar at Kathmandu, Nepal on Friday, December 30, 2016. Gurung community people celebrates this year Tamu Lhosar or Losar as a New Year of the Bird. (Photo by Narayan Maharjan/Pacific Press/LightRocket via Getty Images)

पुस १५, काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउँछन्।

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ। गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो।

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको बताइन्छ। तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ। यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेको जनाइएको छ।

कार्यक्रममा गुरुङ समुदायका मानिस परम्परागत एवं सांस्कृतिक वेशभूषामा सजिएर सहभागी हुन्छन्। कार्यक्रममा गुरुङ समुदायको परिकार विशेषको समेत प्रदर्शनी गरिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook