रहेनन् महान फुटबलर पेले

Byपहिलो सुचना

२०७९ पुष १५, शुक्रबार ०५:४० २०७९ पुष १५, शुक्रबार ०५:४० २०७९ पुष १५, शुक्रबार ०५:४०

पुस १५, काठमाडौं । ब्राजिलका विश्वप्रख्यात महान फुटबलर पेले (एड्सन आरान्तेस दो नासिमेन्तो) को निधन भएको छ । ८२ वर्षीय पेलेको उपचारका क्रममा साओ पाउलो स्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा बिहीबार राति निधन भएको हो ।

आन्द्राको क्यान्सरबाट ग्रसित पेले उपचारका लागि एक महिनाअघि अस्पताल भर्ना भएका थिए । अस्पतालमा उपचारकै क्रममा पेलेको मृत्यु भएको उनको परिवार र आफन्तले जनाएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले उल्लेख गरेको छ ।

ब्राजिललाई तीन पटक फिफा विश्वकप उपाधि दिलाउन पेलेको महत्वपूर्ण योगदान रहेको छ । पेले सन् १८५८, १९६२ र १९७० को विश्व कप विजेता हुन् । तीन पटक विश्वकप उपाधि जित्ने पेलेको नाममा दुर्लभ कीर्तिमान छ । पेलेले आफ्नो २१ वर्षे खेल जीवनमा १३६३ खेल खेल्दै १२८१ गोल गरेका छन् । 

उनले ब्राजिलको लागि ९२ खेल खेल्दै ७७ गोल गरेका छन् । फुटबलमा जादुमय क्षमता भएका पेलेलाई सन् २००० मा फिफा प्लेयर अफ दि सेन्चुरी घोषणा गरिएको थियो । (बीबीसी) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook