निर्वाचन सम्पन्न गरेकामा सरकारले दियो सबैलाई धन्यवाद

Byपहिलो सुचना

२०७९ मंसिर २१, बुधबार १६:२८ २०७९ मंसिर २१, बुधबार १६:२८ २०७९ मंसिर २१, बुधबार १६:२८

मङ्सिर २१, काठमाडौं । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन यही मंसिर ४ गते एकै चरणमा सफलतापूर्वक सम्पन्न गरेकामा निर्वाचन आयोगलाई धन्यवाद ज्ञापन गरेको छ।

मन्त्रिपरिषद्को मंगलबारको बैठकले निर्वाचनलाई सफल तुल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण मतदाता, राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी, सञ्चार माध्यम, सञ्चारकर्मी, नागरिक समाज लगायतलाई पनि धन्यवाद दिएको छ।

नेपाल सरकारद्वारा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचनमा प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग पुर्‍याउने हुने सबैलाई सरकारका तर्फबाट धन्यवाद दिने निर्णय भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook