प्रशिक्षक बेन्टोले दिए राजीनामा

Byपहिलो सुचना

२०७९ मंसिर २१, बुधबार ०९:२५ २०७९ मंसिर २१, बुधबार ०९:२५ २०७९ मंसिर २१, बुधबार ०९:२५ #विश्वकप फुटबल

मङ्सिर २१, काठमाडौं । दक्षिण कोरियाका पोर्चुगली प्रशिक्षक पल बेन्टोले ब्राजिलसँगको हारपछि आफ्नो पदबाट राजीनामा दिने जानकारी दिएका छन् । ५३ वर्षीय प्रशिक्षक बेन्टो सन् २०१८ को अगस्टमा दक्षिण कोरियाली फुटबल टिमको प्रशिक्षक नियुक्त भएका थिए । 

उनले आफूले टिम छोड्ने जानकारी दक्षिण कोरियाको फुटबल सङ्घ र खेलाडीहरूलाई दिइसकेको र यो सही समय भएको बताए । दक्षिण कोरियाले यस विश्वकपमा बेन्टोको प्रशिक्षकत्वमा उनकै देश पोर्चुगललाई २–१ ले हराएर नकआउट चरणमा स्थान बनाएको थियो ।

कतार विश्वकपमा आआफ्नो टोली समूह चरणबाट बाहिरिएपछि यसअघि मेक्सिकोका जेरार्डो मार्टिनो, बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेज र घानाका मुख्य प्रशिक्षक ओटो एडोले पनि राजीनामा दिइसकेका छन् । यसैगरी चार पटकको विश्वकप च्याम्पियन जर्मनी समूह चरणबाटै घर फर्कन बाध्य भएपछि टोलीका निर्देशक ओलिभर बियरहोफले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

५४ वर्षीय बियरहोफले जर्मनीले टोलीको निराशाजनक प्रदर्शनलाई लिएर पद छोडेका हुन् । कतार विश्वकपमा समूह ‘ई’बाट प्रतिस्पर्धा गरेको जर्मनी अन्तिम खेलमा कोस्टारिकालाई ४–२ गोलले हराए पनि स्पेनसँग गोल अन्तरका आधारमा पछि पर्दै बाहिरिन बाध्य भएको थियो। समूहको पहिलो खेलमा जापानलाई २–१ गोलको नतिजा सुम्पिएको जर्मनीले समूहको दोस्रो खेलमा स्पेनसँग १–१ गोलको बराबरी खेलेको थियो । 

सन् १९९६ मा युरोपियन च्याम्पियनसिप र सन् २००२ को विश्वकपमा जर्मनी उपविजेता बियरहोफ टिमका प्रमुख खेलाडी थिए । ओलिभरको सक्रियतामा जर्मनीले सन् २०१४ को विश्वकप उपाधि उचालेको थियो । (एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook