पोर्चुगल पठाइदिने नाममा २७ लाख रूपैयाँ ठगी गर्ने पक्राउ

Byपहिलो सुचना

२०७९ मंसिर २०, मंगलवार २१:३९ २०७९ मंसिर २०, मंगलवार २१:३९ २०७९ मंसिर २०, मंगलवार २१:३९
Arrest

मङ्सिर २०, काठमाडौं । पोर्चुगल पठाइदिने नाममा २७ लाख रूपैयाँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ।

झापाको कन्काइ नगरपालिका–७ स्थायी घर भई भक्तपुरको गठ्ठाघर बस्ने ३८ वर्षीय सञ्जिव आचार्यले विदेश पठाउने नाममा ठगी गरेको पाइएकाले पक्राउ गरिएको प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए।

घिमिरेले उमेश अधिकारीसमेत गरी चार जनालाई वर्किङ भिसामा पोर्चुगलमा आकर्षक तलब प्राप्त हुने लोभ देखाएर ठगी गरेको खुल्न आएको छ।

आचायले पोर्चुगल जान १२ लाख लाग्ने बताएर ठगी गरेको खुलेको हो। यसरी पोर्चुगल गएपछि मासिक एक लाख रूपैयाँ कमाइ हुने भनी प्रलोभनमा पारी पटकपटक गरेर पीडितबाट २७ लाख रूपैयाँ असुलेको खुलेको छ।

आचार्यलाई थप कारबाहीका लागि मंगलबारै वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौंमा बुझाइएको छ।

प्रहरीले बैंकिङ कसुर गरेको आरोपमा नुवाकोटको ओखरपौवा घर भइ काठमाडौंको तारकेश्वर बस्ने २९ वर्षीय श्रीराम घिमिरेलाई पनि बालाजुबाट पक्राउ गरेको छ। उनीमाथि चार लाख ५० हजार रूपैयाँ बिगो बराबरको बैंकिङ कसुर गरेको आरोप छ। (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook