तेह्रथुममा नेपाली कांग्रेसकी सीता गुरूङ विजयी

Byपहिलो सुचना

२०७९ मंसिर १०, शनिबार ०७:२६ २०७९ मंसिर १०, शनिबार ०७:२६ २०७९ मंसिर १०, शनिबार ०७:२६

मङ्सिर १०, काठमाडौं । तेह्रथुमबाट प्रतिनिधीसभा सदस्यमा नेपाली कांग्रेसकी सीता गुरूङ विजयी भएकी छन् । उनले १९ हजार ७०२ मत ल्याएर विजयी भएकी हुन् ।

उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका विजय सुब्बाले १८ हजार ६२३ मत ल्याएका छन् । गुरुङले सुब्बालाई १ हजार ७९ मतले हराएकी हुन् ।

२०७४ सालको निर्वाचनमा एमालेका भवानी खापुङसँग गुरुङ पराजित भएकी थिइन् । सुब्बा २०४८ र २०५६ को निर्वाचनमा निर्वाचित भएका थिए । तर यस पटक भने सुब्बा पराजित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook